७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको नयाँ नेतृत्वका लागि मतदान हुदैँ



अ+ अ-

काठमाडौं । काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदिश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा हुँदैछ । दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) तथा खुला सदस्य १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।