११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

खलो प्रथाले परिवार पाल्नै मुस्किल

खलो प्रथाले परिवार पाल्नै मुस्किल
अ अ+ अ-

रुकुमपूर्व । करीब पाँच दशकदेखि फलाम पिट्दै आउनुभएका सिस्ने गाउँपालिका–१ का राजु कामीलाई खलो प्रथाबाट परिवार पाल्न मुस्किल भएको छ । आफूले १५ वर्षको उमेरदेखि नै पलाम पिट्न थालेको बताउने उहाँले फलामका भाँडा बनाएबापत स्थानीय बासिन्दाले आफूलाई वर्षमा प्रतिघर चार पाथी अन्न दिँदै आएको बताउनुभयो ।

वर्षभरि फलाम पिटेर प्रत्येक घरबाट दुई पाथी गहुँ र दुई पाथी मकै पाउने गरेको र त्यसबाट परिवार पाल्न मुस्किल परेको उहाँको भनाइ छ ।

त्यस्तै पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का गाइने कामीलाई पनि परम्परागत आरन व्यवसायबाटै भएको आम्दानीले छ जना परिवारको गुजारा चलाउन मुस्किल भएको छ । उहाँको आम्दानीको स्रोत भनेको एउटा आरनबाहेक अरु केही छैन । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा गर्नेहरुको सङ्ख्या झण्डै १३० को हाराहारीमा रहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताउनुभयो ।

यहाँ आरन व्यवसायमा दलित जातिको बाहुल्य छ । उनीहरुसँग पर्याप्त जग्गा जमीन नहुँदा कृषि पेशामा पनि लाग्न पाएका छैनन् । कतिपयको त आफ्नो नाममा एक टुक्ता पनि जमीन नहुँदा सार्वजनिक जग्गा वा अर्काको जग्गाामा छाप्रो राखेर बस्न बाध्य भएका छन् । बजारमा स्टिल र प्लाष्टिकको भाँडाको प्रयोग बढेसँगै वर्षौंदेखि गाउँगाउँमा सञ्चालन भएका आरनको संरक्षण हुन सकेको छैन ।

परम्परागत रुपमा सञ्चालनमा आएका आरनमा फलामका भाँडावर्तन बनाइदिएको साटो खलो उठाएर खाने गरेको भूमे गाउँपालिकाका अर्का आरन व्यवसायी सेतु विकले बताउनुभयो ।

पछिल्लो चरणमा स्थानीय तहले आरन संरक्षणतर्फ पनि बजेट छुट्याएका छन् । सिस्ने गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाहरुमा आरन सञ्चालनको लागि भवन निर्माण गरिदिएको छ भने आरनसम्बन्धी तालीम पनि सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।