७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माेरङकाे लक्ष्मीमार्गमा हरियाली बढाउन वृक्षराेपण



अ+ अ-
मन्त्री कुसियत वृक्षराेपण गर्दै । तस्वीरः रासस

विराटनगर: ‘वृक्षरोपण गरौँ, हरियाली बढाउऔँ’ भन्ने नाराका साथ बेलबारी नगरपालिकाको वडा नं ११ स्थित लक्ष्मीमार्गमा शनिबार अायोजित ‘राष्ट्रिय वृक्षरोपण दिवस तथा वन महोत्सव’ कार्यक्रममा सहभागी वक्ताहरुले ‘जहाँ वन त्यहाँ व्यवस्थापन, जहाँ बाँझो त्यहाँ वृक्षरोपण’ गर्नुपर्ने धारणा राखेका छन् ।

मानव जीवनका निम्ति अक्सिजन नभई नहुने र सो अक्सिजन बोटबिरुवाबाटै प्राप्त हुने भएकाले वृक्षरोपणको विकल्प सोच्न नसकिने वक्ताहरुले प्रष्ट पार्दै हरेक नागरिकले कम्तीमा पाँच बिरुवा रोप्नुपर्ने जोड दिएका छन् ।

तस्वीरः रासस

वातावरणमा नकरात्मक असर पर्न नदिन र मानव जीवनलाई सहज एवं सरल बनाउन वृक्षरोपणप्रति नागरिकको चासो बढ्नुपर्ने उहाँहरुको भनाइ थियो । प्रदेश नं १ का उद्योग, पर्र्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले कार्यक्रमको उद्घाटन गर्दै वृक्षरोपण मानव जीवनसँग गाँसिएकाले यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले प्रदेशभरिका सीमसार क्षेत्रलाई जोगाउन र वन क्षेत्र बढाउन प्राथमिकताका साथ लागिरहेको छ भन्दै प्रदेश सरकारले विद्यालय, मठ, मन्दिर, खाली ठाउँ, सार्वजनिक जमीन र नहरको खाली जमीनमा वृक्षरोपण कार्यक्रम गर्नका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

आयोजक संस्था लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति बेलबारीका अध्यक्ष लोकबहादुर बस्नेतले प्रस्तावित यो क्षेत्रमा अहिलेसम्ममा ९३ हेक्टर जग्गामा एक लाख ४८ हजार वृक्षरोपणको काम भइसकेको छ भन्दै यस वर्ष २० हेक्टर जग्गामा ३२ हजार २४० बोटबिरुवा रोप्ने जानकारी दिनुभयो । मोरङमा हालसम्म वन क्षेत्र ५५ हजार ५०० हेक्टर, सामुदायिक वन १३२ ले २० हजार हेक्टर, निजी वन ५४० ले करीब ६०० हेक्टर जग्गा वनले ओगटेको छ ।