१९ भाद्र २०८३, शुक्रबार
,
Latest
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : १५ पटकको विजेता उरूग्वे क्वाटरफाइनलबाटै बाहिरियो



अ+ अ-

काठमाडौँ । उरूग्वे कोपा अमेरिका कप–२०१९ को क्वाटरफाइनलबाटै बाहिरिएको छ।


आईतबार बिहान भएको खेलमा उरुग्वेले लगातार गोल गर्ने अवसर बनाएपनि पेरुको रक्षापंक्तिले विफल पारेको थियो । लुइस स्वारेज र एडिन्सन काभानीको गोललाई अफसाइड ठहर गर्दै मान्यता नदिएपछि उरुग्वे तनावमा देखिएको थियो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। सो टाइब्रेकरमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले पेनाल्टी चुकाएपछि पेरु ५–४ ले विजयी भयो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको उरुग्वे सुरुमै चुक्यो । स्वारेजको पेनाल्टी प्रहारलाई पेरुका गोलरक्षक पेड्रो गलेसेले बचाएका थिए । त्यसपछि दुवै टोलीका खेलाडीले पेनाल्टीको सदुपयोग गरे । स्वारेज असफल भएपछि उरुग्वे बाहिरिन बाध्य बन्यो ।

उरूग्वे १५ पटकको कोपा अमेरिका विजेता हो। सन् २०१५ यता उरुग्वे अन्तिम ८ भन्दा अघि बढ्न सकेको छैन। सन् २०१६ मा भने उरुग्वे समूह चरणबाटै घर फर्किएको थियो।

फाइनल स्थान पक्का गर्नका लागि सेमिफाइनलमा पेरूले डिफेन्डिङ च्याम्पियन चिलीको सामना गर्नेछ भने अर्को सेमिफाइनल खेल आयोजक ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।