१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली ‘मेस्सी’माथि २३ युवतीसँग शारिरीक सम्बन्ध राखेको आरोप



अ+ अ-

काठमाडौं । विश्वका चर्चित फूटबलर लियोनल मेस्सी जस्तै देखिने एक जना मोडललाई झुक्याएर २३ युवतीसँग शारिरीक सम्बन्ध राखेको आरोपको चर्चा भएको छ ।

इरानको तेहरानमा रहेका मोडल रेजा पाराश्तेशलाई नक्कली मेसी बनेर २३ युवतीसँग सम्बन्ध बनाएको आरोप लागेको थियो, जसलाई उनले खण्डन गरेका छन् ।मेस्सीको अनुहारसँग मिल्ने रेजालाई लागेको आरोप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाइरल बनेपछि एक अन्तर्वार्ता दिएका रेजाले आरोपको खण्डन गरेका हुन् । उनले यो खबरले आफ्नो परिवारमा असर परेको बताए । ‘यो विषयलाई लिएर मेरो परिवारलाई पनि नचाहिँदो आरोप लगाइरहेका छन्,’ रेजाले भने, ‘यस्तो काम बन्द गरियोस् ।’

२६ वर्षीय रेजाले बुवाको आग्रहमा बार्सिलोनाको टिसर्ट लगाएर फोटो खिच्दै सामाजिक सञ्जालमा राखेपछि उनी ईरानमा मात्र नभएर विश्वभर चर्चित बने ।

‘यदि मैले त्यसो गरेको भए कोही त उजुरी लिएर आउँथ्यो होला ।’ उनले भने, मुस्लिम मुलुकमा बदनाम गराउनका लागि यस्तो हावादारी चर्चा भएको र यसले आफ्नो पारिवारिक जीवनमा पनि असर गरेको छ ।

उनले धोकाधडी गरेको बताए । रेजाले भने, ‘२३ महिलाहरुलाई म मेस्सीजस्तो लागेकोले सबन्ध राखेको भने, यदि यो साँचो हो भने, कसै न कसैले मविरुद्ध उजुरी गर्थ्यो होला नी ?, उत्तिकै आरोप लगाउन त पाइएन नी ?’