१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप एसिया फाइनल खेल्ने टोलीको घोषणा, सन्दीप र भीम अटाएनन्



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी,करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि छन् ।

सुशन भारी,कुशल भुर्तेल, जितेन्द्र मुखिया र आरिफ शेख बैकल्पिक खेलाडीमा छन् भने युवा क्रिकेटरहरु सन्दीप जोरा र भीम सार्की अटाएनन् ।

नेपाली टोली जुन ९ मा मलेसिया प्रस्तान गर्नेछन् । १३ र १४ मा मलेसियासँग टी–२० सिरिज खेलेर नेपाली टोली सिंगापुर जानेछ, जहाँ टी–२० विश्वकप एसिया फाइनलका खेलहरु हुनेछन् ।