११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

लुम्बिनी क्षेत्रमा उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै

लुम्बिनी क्षेत्रमा उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै
अ अ+ अ-

–पूर्णप्रसाद मिश्र


रुपन्देही । विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ ।

धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् ।

धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत बढेको सुण्डी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत बुध कुँहार बताउनुहुन्छ । “सडकमा धुलो हुन थालेपछि सधैँजसो रुघा लाग्छ, घाँटी खस्खसाउँछ, आँखा रातो हुने समस्या छ, विद्यालय गएर पढ्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

सडकमा हिँड्दा आँखामा धुलोसमेत पर्ने गरेकाले आवतजावतमा समस्या हुने गरेको छ । यसका कारण विश्वका मानिसको ओहोरदोहोर हुने यो सडकका कारण पर्यटकमार्फत नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाल भ्रमण गर्न आउने पर्यटक पुग्ने प्रमुख स्थानमध्येको लुम्बिनी जाने सडकले प्रवाह गर्ने सन्देशका बारेमा बेलैमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने स्थानीय सदना भुज बताउनुहुन्छ ।

मायादेवी गाउँपालिकाको बेथरीबाट लुम्बिनीसम्मको सडक डेढ वर्षदेखि घाम लागेका बेला धुलो र पानी परेका समयमा हिलोले यात्रामा कठिनाइ हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । सुण्डी माविमा कक्षा १० मा अध्ययनरत वृजमोहन यादव सडकमा गिट्टी खन्याएर छोडे पनि नमिलाउँदा सवारीले उछिट्याइ आँखामा लाग्ने गरेको गुनासो गर्नुहुन्छ ।

मायादेवी गाउँपालिका–४, वनकसिया, कोइलीहवा, महिजिदियालगायत स्थानका मूल सडक जीर्ण हुँदा आन्तरिक एवं बाह्य पर्यटक दिक्क हुने गरेका छन् । ताप्लेजुङबाट लुम्बिनी घुम्न आउनुभएका सुमन लिम्बू लुम्बिनी जाने सडकको यस्तो दुर्दशा होला भन्ने नसोचेको बताउनुहुन्छ ।

काठमाडौँबाट लुम्बिनी घुम्ने पर्यटक लिएर गइरहनुहुने पर्यटन व्यवसायी तिलक श्रेष्ठ विश्वमै बुद्ध जन्मस्थल भनेर चर्चामा रहेको लुम्बिनीलाई किन वातावरणीयरुपमा आकर्षक नबनाएको भनी विदेशीले सोध्ने गरेको सुनाउनुहुन्छ । पर्यटकले यस्ता प्रश्न गर्दा के उत्तर दिने भनी अलमलमा पर्ने गरेको अनुभव उहाँको छ ।

यहाँका सडकमा साइकल पनि पर्याप्त गुड्छन् । सडकको जीर्णताका कारण धेरैजसो साइकल दुर्घटना हुने गरेको साइकलमा सवार जगदीश लोन बताउनुहुन्छ । निर्माण व्यवसायीले कहिलेकाहीँ मात्र धुले सडकमा पानी हाल्छन् । पानी हालेको एक दुई घण्टामै सुक्ने फेरि धुलो उड्ने गरेको उहाँको गुनासो छ ।

सडक बिस्तार गर्ने नाममा किनारका रुख बिरुवा काटेकाले वातावरणीयरुपमा नकारात्मक प्रभाव पारेको छ । जेठको घाममा पहिले रुख बिरुवा भएको भागबाट हिँडिने गरेकामा काटेपछि समस्या भएको स्थानीय बुध कुहाँरको दुःखेसो छ ।

वातावरण विभागका रसायनविद् (केमिष्ट) केशव पौडेल ठेक्का सम्झौतामा वातावरण नबिग्रने गरी काम गर्न दैनिक पानी हाल्ने व्यवस्था हुने गरेको बताउनुहुन्छ । तर यस्तो व्यवस्थालाई व्यवसायीले पालना गर्ने गरेका छैनन् । सडकमा विशिष्ट व्यक्तिको आवागमन हुँदा मात्र पानी हालिन्छ । सम्झौतामा लेखिएको विषय स्थानीयवासीलाई थाहा नहुने भएकाले पनि किन पानी हालिएन भनेर कसैले खोजी गर्दैन ।

वातावरणमैत्री छैनन् उद्योग

विभागले तीन वर्षअघि लुम्बिनी क्षेत्रमा गरेको अनुगमनमा त्यहाँ सञ्चालित उद्योगले सांस्कृतिक सम्पदामा असर पुर्याएको निष्कर्ष निकालेको थियो । धुलोमात्र होइन, यहाँका उद्योगले फोहर पानी पनि निकालिरहेका छन् । रिलायन्यस पेपर मिल्स प्रालिले प्रशोधन गरेर दानव खोलामा पानी हाल्ने गरेको छ । फोहर पानीको प्रयोगशालामा परीक्षण गर्दा ‘बायोलोजिक अक्सिजन डिमाण्ड’ को मात्रा सरकारले तोकेकोभन्दा बढी पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सिद्धार्थ रिफइनरी एण्ड सल्भेन्ट्स प्रालिले निष्काशन गरेको फोहर पानी पनि मापदण्डभन्दा बढी पाइएको छ । लुम्बिनी क्षेत्रका धेरै उद्योगले वातावरणीय व्यवस्थापन प्रणाली अवलम्बन गरेका छैनन् । विश्वका धेरै उद्योगले यो प्रणालीलाई पछ्याए पनि नेपालका धेरै उद्योगले वातावरणीय पक्षमा ध्यान नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लुम्बिनी–भैरहवा औद्योगिक करिडोरमा रहेका सिमेन्ट, खाद्य, इट्टा, स्टील, स्पीनिङ र सिन्थेटिक, प्लाइउड, हर्बल एवं पेपर उद्योगमा प्रयोग भएका जेनेरेटर सेट, ब्वाइलर फर्नेश आयल सेट र तिनमा प्रयोग हुने डिजेल, धानको भुस, फर्नेश आयल, दाउरा र कोइला, सिमेन्ट उद्योगबाट चुहिने सिमेन्टको धुलो त्यस क्षेत्र वरपर वायु प्रदूषणको प्रमुख स्रोत बनेको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत यस क्षेत्रको वातावरणीय सुधारमा सरोकार भएका निकायले बेलैमा ध्यान नदिए प्रदुषणका कारण पर्यटक आवागमनमा प्रभाव पर्नसक्ने स्थानीयवासीको चिन्ता छ ।