७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको बैठक चौथो पटक स्थगित



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी चौथो पटक स्थगित भएको छ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रतिपक्षी दलको अनुपस्थित रहेपछि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलको सभामा उपस्थिती नरहेको भन्दै असार १७ गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे ।

यसअधि पनि असार ११ गते कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि तय बैठक स्थगित गरिएको थियो । यस्तै गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ७ सम्मका लागि बैठक स्थगित गरेर ११ गतेका लागि आह्वान गरेको थियो ।

बजेट त्रुटिपूर्ण भएकाले संशोधन हुुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतको माग छ । तर, सत्तारुढ दल बजेटको बचाउमा छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले यसअघि पनि रातो किताब जलाएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको थियो ।