११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

भारतविरुद्ध जोनी बैरस्टोवको शतक

भारतविरुद्ध जोनी बैरस्टोवको शतक
अ अ+ अ-

काठमाडौं । भारतविरुद्ध इंग्ल्यान्डका जोनी बैरस्टोवले शतक बनाएका छन् ।

विश्वकप क्रिकेटअन्तर्गत जोनीले ९० बलमा शतक बनाएका हुन् । उनले ८ चौका र ६ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

उनको यो जारी विश्वकपमा पहिलो शतक हो । शतक बनाउने क्रममा उनले ज्यासन रोयसँग १६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो सुरुवात दिलाए । रोय भने ६६ रनमा आउट भए ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ । दुई पटकको विश्वकप च्याम्पियन भारत जारी विश्वकपमा अपराजित छ । भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यसैगरी इङ्ल्यान्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनल यात्रा सहज बनाउने अभियानमा छ ।

जारी विश्वकपमा भारतले खेलेको ६ खेलमा पाँच खेल जितेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तालिकामा ११ अंक बनाएको छ । भारतको सबै पक्ष सन्तुलित छ । यसैगरी सात खेल खेलिसकेको इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हार खेपेको छ । इङ्ल्यान्डको आठ अंक छ । अहिले इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ ।

घरेलु मैदान र समर्थकको साथले पनि इङ्ल्यान्डलाई बलियो बनाएको छ । विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन् । दुवै टोलीले तीन तीन खेल जितेका छन् । एक खेल अनिर्णित बनेको थियो । अहिलेसम्म विश्वकप जित्न नसकेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानमा उपाधि जित्ने मौका छ । त्यसैले भारतविरुद्ध इङ्ल्यान्ड खरो रुपमा प्रस्तुत हुनेछ । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो ।