११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

नेपालमा चिनियाँ रेल अनुदानमा हुनुपर्छ – डा.महत

नेपालमा चिनियाँ रेल अनुदानमा हुनुपर्छ – डा.महत
अ अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालमा चिनियाँ रेल अनुदानमा बन्नुपर्ने बताएका छन् ।
नेपालको परराष्ट्र नीतिका विषयमा सोमबार बिहान एक अन्तक्र्रियामा उनले भने– नेपालमा निर्माण गर्ने भनिएको चिनियाँ रेलमार्ग आयोजना अनुदानमै हुनुपर्छ नत्र सम्भव छैन ।
डा.महतको तर्क थियो– हामीसँग त्यति ठूलो लगानी गर्ने धनराशी छैन र हामीले ऋण लिएर तिर्न सक्ने अवस्था पनि छैन, त्यसैले यो अनुदानमै बन्नुपर्छ ।
विश्वका ठूला अर्थतन्त्र रहेका चीन र भारत नेपालका दुई ठूला छिमेकी हुन् र उनीहरुलाई पनि नेपाल भएर व्यापार गर्न तथा उनीहरु आफैले पनि एक आपसमा लाभ लिनसक्ने उनको भनाई थियो ।
यसरी नै नेपालले आफ्नो कुरा राख्ने हो भने चीनले मान्ने पनि उनले बताए । हाम्रो वास्तविकता चीनजस्तो छिमेकीलाई सबै थाहा भएकोले कूटनीतिको टेबलमा बसेर आफ्ना कुरा तर्कसंगत रुपमा राख्ने हो भने छिमेकीले नमान्ने कुरै छैन– डा.महतको भनाई थियो ।
उनको भनाई थियो– नेपालका कम्युनिष्टहरुको परराष्ट्र नीति सत्तामा जाने भर्याङ मात्र रहेको, यता जनतासँग चर्काे राष्ट्रियताको नारा लगाउने तर उता छिमेकी देशसँग आफ्नो सत्ता अनुकुलको मात्र सम्बन्ध बनाउन खोज्ने नियतले गर्दा हाम्रो परराष्ट्र नीति सरकार फेरिएसँगै फेरिने गरेको छ, जुन दुर्भाग्यपूर्ण हो ।
वर्तमान सरकारले सक्षम रुपमा परराष्ट्र नीति सञ्चालन गर्न नसकेको उनको आरोप थियो । होली वाइन र अरु कैयौँ कारणहरुले नेपालको परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय जगतमा आलोचित बनाएको उनको भनाई थियो ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने सवालमा वर्तमान सरकारको कूटनीति फेल भएको उनको तर्क थियो ।
अहिले नेपालमा वैदेशिक लगानी घटेको छ जुन सबैलाई जगजाहेर नै छ भन्दै डा.महतले देशमा असुरक्षा, मानवअधिकारका विवादास्पद विषय, नागरिकका अधिकार खोस्ने खालका विविध कानुनको मस्यौदाले गर्दा विधिको शासनको सुनिस्चितता हुन नसकेको सन्देश विश्वव्यापी रुपमा नै गइरहेकोले वैदेशिक लगानीकर्ताहरु ढुक्क भएर नेपाल आउन नसकेको बताए ।