७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा चिनियाँ रेल अनुदानमा हुनुपर्छ – डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालमा चिनियाँ रेल अनुदानमा बन्नुपर्ने बताएका छन् ।
नेपालको परराष्ट्र नीतिका विषयमा सोमबार बिहान एक अन्तक्र्रियामा उनले भने– नेपालमा निर्माण गर्ने भनिएको चिनियाँ रेलमार्ग आयोजना अनुदानमै हुनुपर्छ नत्र सम्भव छैन ।
डा.महतको तर्क थियो– हामीसँग त्यति ठूलो लगानी गर्ने धनराशी छैन र हामीले ऋण लिएर तिर्न सक्ने अवस्था पनि छैन, त्यसैले यो अनुदानमै बन्नुपर्छ ।
विश्वका ठूला अर्थतन्त्र रहेका चीन र भारत नेपालका दुई ठूला छिमेकी हुन् र उनीहरुलाई पनि नेपाल भएर व्यापार गर्न तथा उनीहरु आफैले पनि एक आपसमा लाभ लिनसक्ने उनको भनाई थियो ।
यसरी नै नेपालले आफ्नो कुरा राख्ने हो भने चीनले मान्ने पनि उनले बताए । हाम्रो वास्तविकता चीनजस्तो छिमेकीलाई सबै थाहा भएकोले कूटनीतिको टेबलमा बसेर आफ्ना कुरा तर्कसंगत रुपमा राख्ने हो भने छिमेकीले नमान्ने कुरै छैन– डा.महतको भनाई थियो ।
उनको भनाई थियो– नेपालका कम्युनिष्टहरुको परराष्ट्र नीति सत्तामा जाने भर्याङ मात्र रहेको, यता जनतासँग चर्काे राष्ट्रियताको नारा लगाउने तर उता छिमेकी देशसँग आफ्नो सत्ता अनुकुलको मात्र सम्बन्ध बनाउन खोज्ने नियतले गर्दा हाम्रो परराष्ट्र नीति सरकार फेरिएसँगै फेरिने गरेको छ, जुन दुर्भाग्यपूर्ण हो ।
वर्तमान सरकारले सक्षम रुपमा परराष्ट्र नीति सञ्चालन गर्न नसकेको उनको आरोप थियो । होली वाइन र अरु कैयौँ कारणहरुले नेपालको परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय जगतमा आलोचित बनाएको उनको भनाई थियो ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने सवालमा वर्तमान सरकारको कूटनीति फेल भएको उनको तर्क थियो ।
अहिले नेपालमा वैदेशिक लगानी घटेको छ जुन सबैलाई जगजाहेर नै छ भन्दै डा.महतले देशमा असुरक्षा, मानवअधिकारका विवादास्पद विषय, नागरिकका अधिकार खोस्ने खालका विविध कानुनको मस्यौदाले गर्दा विधिको शासनको सुनिस्चितता हुन नसकेको सन्देश विश्वव्यापी रुपमा नै गइरहेकोले वैदेशिक लगानीकर्ताहरु ढुक्क भएर नेपाल आउन नसकेको बताए ।