७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : इंग्ल्याण्डसँग हार्‍यो भारत, रोहितको शतक



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ ।

आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १११ रन योगदान गरे । उनी म्यान अफ द म्याच भए ।यस्तै बेन स्टोक्सले ७९ र जो रुटले ४४ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले १०२ र बिराट कोहलीले ६६ रन योगदान गरे । कप्तान बिराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि १३८ रनको साझेदारी गरे ।

त्यसपछि ऋषभ पन्तले ३२, हार्दिक पाण्ड्याले ४५ र महेन्द्र सिंह धोनीले ४२ रन बनाए । इंग्ल्याण्डका लागि लियाम प्लंकेटले ३ र क्रिस वोक्सले दुई विकेट लिए ।

यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।

इंग्ल्याण्डलाई विश्वकपमा सन् १९९२ पछि भारतविरुद्ध पहिलो जित मिलेको हो । जारी विश्वकपमा भारतको भने यो पहिलो हार हो । अब सेमिफाइनलमा पुग्नका लागि इंग्ल्याण्डले ३ जुलाईको खेलमा न्युजिल्याण्डलाई हराउनु पर्नेछ ।

यदि इंग्ल्याण्डविरुद्धको खेलमा भारत विजयी भएको भए अष्ट्रेलियापछि सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्थ्यो । तर, अब उसले अर्को खेल कुर्नुपर्ने छ । भारतको आगामी प्रतिस्पर्धा २ जुलाईमा बंगलादेशविरुद्ध छ ।