११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, नेयमार अन्य कल्बमा जान चाहे बाटो खुल्ला छ ; प्रशिक्षक थोमस

हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, नेयमार अन्य कल्बमा जान चाहे बाटो खुल्ला छ ; प्रशिक्षक थोमस
अ अ+ अ-

काठमाडौं । फ्रेन्च क्लब पीएसजी अध्यक्ष नासेर अल खेलाफीले नेयमार अन्य कल्बमा जान चाहे उनको लागि बाटो खुल्ला रहेको बताएका छन् ।

अध्यक्ष ्खेलाफीले नेमारलाई किनेको भन्दा कममा बेच्न तयार आफु तयार। नभएको बताएका छन् । उनले नेयमारलाई अर्के सिजनमा भन्दा यो सिजन नै बेच्न उपयुक्तसमेत ठानेको बताएका छन् ।

मैदानमा पेनाल्टी र फ्रिकिककै लागि नेमार र एमबाप्पेबीच प्रतिस्पर्धाको अवस्था आउने भएमा प्रशिक्षक थोमसलाई अझ कठीन हुँदै जाने छ । यसैले थोमसले भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’

अध्यक्ष खेलाफीले पनि भनेका छन्, ‘हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

यता स्ट्राइकर केलियन एमबाप्पेले जहाँ भए पनि आउँदो दिनमा आफू अझ बढी जिम्मेवारीका साथ अघि बढ्न चाहेको बताएका छन् । तर त्यसका लागि विश्व स्तरीय खेलाडीहरु आफूसँगै हुनुपर्ने उनको धारणा छ ।

२० वर्षका एमबाप्पेले पीएसजीले आउँदो सिजनका लागि अझ बलियो वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । खेलाडीहरुको उत्कृष्ट संयोजनसँगै रहने विश्वस्तरीय खेलाडी सबै मिलाएर अघि बढ्दै च्याम्पियन्स लिग जित्ने र बालोन डिओरमा दाबेदारी दिने उनको इच्छा व्यक्त भएको छ ।

अहिले पीएसजीमा दुई स्टार खेलाडी एमबाप्पे र नेमारबीच देखिएको प्रतिस्पर्धा व्यक्तिगत रुपमै जाला कि भन्ने डर बढीरहेका बेला क्लबकै लागि पनि यस्तो अवस्था सम्हाल्न सहज भने छैन । तर एमबाप्पे भने नेमार साथै नहुँदा आफूहरु कमजोर बन्ने डरमा देखिन्छन् ।

उनीहरुबीच मैदानमा हुने सहकार्यसँगै व्यक्तिगत रुपमा पनि अहिलेसम्म राम्रो सम्बन्ध छ । दुवै एकअर्काका प्रशंसक नै हुन् । केही दिनअघि नेमार घाइते रहेकाले कोपा अमेरिका गुमाउने भएपछि एमबाप्पेले उनलाई सान्त्वना दिँदै सन्देश लेखेका थिए ।

एमबाप्पे नेयमार आफूसँगै रहँदा मैदानमा सहज हुने खुला रुपमा नै बताउँछन् । त्यसैले उनको धारणा छ, ‘आउने सिजन पनि नेमार पीएसजीमै रहुन् र आफूसँगै खेलुन् ।’

नेमारले क्लब छाड्ने खबरहरु आइरहँदा एमबाप्पेले नेयमारलाई क्लबमै देख्न चाहनुले पनि पीएसजी व्यवस्थापनमा थप छलफल हुने देखिन्छ । प्रशिक्षक थोमस टुखललाई दुवै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा मिलाएर लान सहज नभएरै नेमार बाहिरिने कुरा अझ बलियो बनेको हो ।