काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् ।
निगमको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रह गरेका छन् ।
ओलीले भने, ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’
सरकारले ऋण तिरिदिने हो भने निगम अर्को वर्ष पनि रकम माग गर्न आउने भन्दै उनले यथास्थितिमा पैसा नदिने प्रष्ट पारे ।
वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । त्यसैले उसले सरकारसँग पैसा माग गर्दै आएको छ ।