१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दर्जन नेता कार्यकर्तासहित प्रदेश ५ का मुख्यमन्त्री चीन प्रस्थान



अ+ अ-

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल आज मित्र राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा उनी चीनको छेन्दु प्रस्थान गरेका हुन् । उनी चाइना साउथर्न एयरलाइन्सको उडानबाट सोमबार बिहान छेन्दु प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ । त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ ।

मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी,स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती रहेका छन् ।

मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए ।