१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा जीप दुर्घटना, ६ जना घाइते



अ+ अ-

डोटी । डोटीको पश्चिमी क्षेत्रमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइते ६ जना मध्ये जीपका चालक कटक सिताल गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा परि घाइते हुनेमा सायल गाउँपालिका १ कौराडीका २७ वर्षीया राजु दमाई, त्यहीका १५ वर्षीया बारुली नेपाली, टीका नेपाली रहेका छन् । त्यस्तै आदर्श गाउँपालिका ७ का ३६ वर्षीय रमेश नेपाली, सातलाका १२ वर्षीय महेश नेपाली रहेका छन् ।

आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाका लागि छुटेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक गजेडा भन्ने ठाँउमा सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

भिरालो तथा चिप्लो सडक भएका कारण दुघटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घाईतेहरुलाई उपचारकालागि दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिए ।