११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

सहस्रधारामा छाँगावरोहण, यसरी रमाए पर्यटक ! हेर्नुहाेस भिडियाे

सहस्रधारामा छाँगावरोहण, यसरी रमाए पर्यटक ! हेर्नुहाेस भिडियाे
अ अ+ अ-

– रामबहादुर थापा

गलकोट नगरपालिका–३ हटिया बजारदेखि तीन किमि मोटर यात्रामा सहस्रधारा झरना पुगिन्छ । पैदल हिँडे जम्मा ३० मिनेट । हिँड्दै जाँदा अक्करे भीर र घना जङ्गल आइपुग्छ । झट्ट हेर्दा लाग्दैन, त्यस्तो अनाकन्टर खोँचमा झरना छ । तर, त्यहाँ पुग्दा सत्य अर्कै हुन्छ । सिँढी चढेर यात्री जब झरना छेउ पुग्छ, वरिपरि नजर डुलाउँछ । माथि हेर्छ, दङ्ग पर्छ । छयासी मिटर अग्लो झरनाले मनै लोभ्याउँछ ।

दुई वर्ष अघिसम्म उक्त झरना गुमनाम थियो । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्थे । झरना बगिरहेकै थियो । समय पनि बितिरहेकै थियो । वडाअध्यक्ष र गाउँका केही युवाले नयाँ सोच बनाए । झरनालाई पर्यटकीय गन्तव्य बनाउनेबारे जुक्ति निकाले । साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सम्भावना खोजे । स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरे । वडा कार्यालयले अगुवाइ प्रदान ग¥यो । नगरपालिकाले लगानी भित्र्यायो ।

सहस्रधारा झरना अहिले छाँगावरोहण (क्यानोनिङ) खेलको गन्तव्यका रूपमा विकास भइरहेको छ । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि सहस्रधारामा छाँगावरोहण व्यावसायिक बन्न थालेको हो । शनिबार र आइतबार गरी २० जनाले छाँगावरोहण गरेको केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो । खेलाडीले शुल्क तिरेर खेलमा भाग लिएका थिए ।

छाँगावरोहण गरेको हेर्ने दर्शकको भीड नै लागेको थियो । खेलाडीलाई आयोजक तथा स्थानीयवासीले फूलमालाले सम्मान गरेका थिए । छाँगावरोहणपछि रासससँग प्रतिक्रिया दिँदै स्थानीयवासी मीना श्रेष्ठले आफूले रोमाञ्चक अनुभूति गरेको बताउनुभयो । “शुरुमा डर लागिरहेको थियो, पछि चाहिँ मज्जा आयो” उहाँले भन्नुभयो, “आँट भयो भने गाह्रो काम पनि सकिने रहेछ ।” महिलामा श्रेष्ठ र नितु खड्काले शनिबार छाँगावरोहण गरेका थिए । महिलाहरु डोरीमा झुण्डिएर झरनाबाट ओर्लिएको दृश्य देख्दा गाउँलेहरु उत्साहित देखिन्थे । उपस्थित दर्शकले उनीहरुको मुक्तकण्ठले प्रशंसा गरे ।

छाँगावरोहणका लागि बागलुङ सदरमुकामदेखि पुग्नुभएका सुमन जिसीले खेल नियमति सञ्चालन गर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार ‘क्यानोनिङ’ लाई व्यावसायिक बनाउन पूर्वाधार तयारीको काम भइरहेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मार्फत सहस्रधारा क्षेत्रको विकासलाई अघि बढाइएको छ । गलकोट नगरपालिकाबाट चालू आवमा विनीयोजित रु. पाँच लाख बजेटबाट पदमार्ग, पोखरी र विश्राम कक्ष बनेको छ ।

रेष्टुराँ, बगैँचालगायतका संरचना निर्माण गर्ने योजना छ । यस्तै ‘क्यानोनिङ’मा चाहिने ‘हार्नेस’, ‘हेल्मेट’, ‘ज्याकेट’, डोरी (रोप) जस्ता सामाग्री तथा उपकरण जुटाइने भएको छ । अहिले ‘पोखरा क्यानोनिङ’ का विज्ञ र सहयोगीले खेल सञ्चालनमा सघाइरहेका छन् । सम्भाव्यता अध्ययन र परीक्षण पनि उनीहरुले नै गरेका थिए । ‘पोखरा क्यानोनिङ’ का ‘गाइड’ सुनिल गुरुङले सहस्रधारा प्राविधिक र सबै हिसाबले उचित रहेको बताउनुभयो । “यहाँ व्यावसायिक क्यानोनिङको राम्रो सम्भावना छ” उहाँले भन्नुभयो, “पूर्वाधारसँगै खेलाडी, पर्यटकको सेवा, सुविधामा ध्यान दिनुपर्छ ।” साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने उहाँको भनाइ छ ।

सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “साहसिक खेलका माध्यमबाट गलकोटको पर्यटन प्रवद्र्धने गर्ने हाम्रो उद्देश्य हो” उहाँले भन्नुभयो, “नगरपालिकाले लगानी गरिरहेको छ, यो वर्षपनि बजेट छुट्याउँछौँ ।” ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि शुरु भएको छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले चालू आवमा रु। १२ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट उद्यान, पदमार्ग, वृक्षरोपणलगायतका काम हुनेछन् ।

‘क्यानोनिङ’ खेललाई दिगो बनाउन पूर्वाधार तयारी देखि प्रचारप्रसारलाई तीव्र पारिने केन्द्रका सचिव खत्रीले बताउनुभयो । “वर्षेनी मेला नै राखेर सहस्रधारा झरनाको विकास र प्रवद्र्धन गर्ने योजना छ” उहाँले भन्नुभयो । ‘क्यानोनिङ’ नियमित सञ्चालनका लागि स्थानीय युवालाई तालीममा पठाउने वडाको तयारी छ । उपकरण महँगो पर्ने हुँदा तत्कालै खरीद गर्न नसकिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

तालीमप्राप्त खेलाडी र उपकरण हुने हो भने खेल नियमित सञ्चालन गर्न कठिनाइ नहुने उहाँको भनाइ छ । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको गलकोटलाई उजागर गर्न ‘क्यानोनिङ’ले टेवा पु¥याउने देखिन्छ । “झरनामा यस्तो चहलपहल होला भनेर सोचेका थिएनौँ” स्थानीयवासी चन्द्रबहादुर कुँवरले भन्नुभयो, “नयाँ पुस्ताले चाह्यो भने हुन्छ, राम्रै होला भन्ने लागेको छ ।” पानी बगिरहेको झरनामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडामा पुग्ने र पुनः तल ओर्लने कार्य नै ‘क्यानोनिङ’ हो ।

सन् २००७ बाट नेपालमा शुरु भएको ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट लगायतका जिल्लामा सञ्चालित छ । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमि यात्रापछि हटिया आइपुग्छ । हटियाबाट मोटर वा पैदल सजिलै सहस्रधारा पुगिन्छ ।

https://www.facebook.com/ram.abiral.5/videos/2744150742281307/?t=14