काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार दिउँसो एक बजे बोलाइएको बैठकमा बजेट र समसामयिक राजनीतिक परिस्थितिका बारेमा अध्यक्षद्वयले निर्देशन दिने बताइएको छ ।
बजेट अधिवेशनको अन्त्य भएकाले बजेट कार्यान्वयनको लागि दलका नेताको हैसियतले प्रधानमन्त्रीले निर्देशन दिने तयारी भएको बताइएको छ ।
। नेकपा संसदीय दलको बैठक वैशाखको दोस्रो हप्तामा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बसेको थियो ।