१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार २१ बाट चितवन राष्ट्रिय निकुञ्जभित्र जीप नचल्ने



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ ।

पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो बताए ।

निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जीपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।

निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले दुई हजार राजस्व बुझाउने गर्दछन् । ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए । निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ ।

यस वर्ष जेठसम्ममा २७ करोड राजस्व सङ्कलन भइसकेको छ । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् ।