७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनी ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर


सप्तरी । सप्तरीको खडक नगरपालिका–५ खरचुहियास्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका– ४ का २० वर्षीय सुरज चौधरी रहेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ६३१९ को मोटर साईकललाई विपरीत दिशाबाट जाँँदै गरेको ना४ ख ७६५९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईकल चालक चौधरीको उपचारका क्रममा सिरहास्थित सप्तऋषी अस्पताल लहानमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।