११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि दिइएकाे छैन : सञ्चारमन्त्री बाँस्कोटा

आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि दिइएकाे छैन : सञ्चारमन्त्री बाँस्कोटा
अ अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने भनिएता पनि पैसा नै लगानी गर्ने भनने कुरा सरकारले नगेको बताएका छन् ।

उनले भने, आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

फरक प्रसंगमा मन्त्री बाँस्कोटाले बालाजुमा चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताए ।

मन्त्री बास्कोटाले चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने क्रम बढेको भन्दै जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताएका हुन् ।

यता मन्त्री बाँस्कोटाले विदेशी टेलिभिजन च्यानलहरुमा क्लिन फिड जसरी पनि लागू हुने बताए ।

मन्त्री बाँस्कोटाले कुनै पनि काम गर्दा विरोध आउनु स्वभाविक नै भएको बताउँदै क्लिन फिड लागू हुँदा नेपाली चलचित्रलाई पनि फाइदा हुने बताए ।

‘यो कुरा मेरो दिमागमा पहिले नै आएको थियो । सरकार क्लिन फिडको विषयमा स्पष्ट छ,’ बाँस्कोटाले भने, हामीसँग ब्याक गियर भन्ने नै छैन, क्लिन फिड जसरी पनि लागू हुन्छ ।’