११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, घटनास्थलमा सेनाको हेलिकप्टर पठाइयो

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, घटनास्थलमा सेनाको हेलिकप्टर पठाइयो
अ अ+ अ-
फाइल फोटो

काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रहरी स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । यता सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पनि २५ जनाको टोली खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर भएको बताए । उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा रहेको कारण हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । त्यहाँ मोबाइल सम्पर्कसमेत हुन नसकिरहेको प्रहरी स्रोतले बताएको छ ।विप्लव समूहका गतिविधि बढेको जानकारी पाएपछि प्रहरी टोली गस्तीमा गएको थियो।

त्यहाँ झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता थिए। प्रहरीलाई देखेपछि उनीहरूले फायरिङ गरेको हो । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति नभएको भएपनि सो क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको निश्कर्षसहित सुरक्षाकर्मी परिचालन गरिएको हो ।