७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित



अ+ अ-

वेलिङटन । न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।

प्लास्टिकको प्रदूषण विश्वव्यापी चासोको विषय बनेको छ । प्लास्टिकमा अल्झिएर वा प्लास्टिक खाएर बर्सेनि लाखौं चरा र एक लाख भन्दा बढी सामुद्रिक जीव मारिने वा घाइते हुने गरेको अध्ययनहरुले देखाएका छन् ।न्यूजील्यान्ड सरकारले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्ने कम्पनीहरुमाथि ६७ हजार अमेरिकी डलरसम्म जरिवाना गर्ने जनाएको छ ।

न्यूजील्यान्डका वातावरणमन्त्री युजिन सेजले न्यूजील्यान्डलाई सफा, हरियो र बस्न लायक बनाउने प्रयासस्वरुप नयाँ कदम चालिएको बताए ।राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वका ८० भन्दा बढी मुलुकले पातला प्लास्टिक ब्यागको प्रयोग निषेध गरिसकेका छन् ।