११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु

पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु
अ अ+ अ-

जम्मु काश्मिर । भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ । वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ ।अमरनाथ यात्राका लागि यस पटक पनि कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

जम्मु काश्मिरका गभर्नर सत्यपाल मलिकका सल्लाहकार के के शर्माले विधिपूर्वक पूजाआजा गरी तिर्थयात्रीलाई बिदाई गरेका थिए ।त्यस अवसरमा शर्माले पत्रकारहरुसँग कुरा गर्दै भारत सरकारका तर्फबाट आफूहरुले पहलगाम र बल्तालको भ्रमण गरेको र सबै तिर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

तिर्थयात्रीहरुलाई उधमपुरको टिक्रीका स्थानीयबासीले स्वागत पनि गरेका थिए । गभर्नर मलिकले हिन्दु तिर्थयात्रीको यात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय मुस्लिम समुदायले गरेको सहयोगका लागि आभार व्यक्त गरे ।समुद्र सतहबाट करिब तीन हजार ८८८ मिटर अग्लो स्थानमा रहेको अमरनाथ गुफा हिन्दु धर्मावलम्बीका लागि ज्यादै महत्वपूर्ण धार्मिक स्थल हो ।

अमरनाथ यात्रा हरेक वर्ष श्रावणी मेलाका अवसरमा आयोजना गरिन्छ । वर्षका अधिकांश समय हिउँले ढाक्ने अमरनाथमा यो यात्रा जुलाईमा आरम्भ भएर अगष्टमा समाप्त हुन्छ । यो यात्रा अनन्तनाग जिल्लाको ३६ किलोमिटर पहलगाम राजमार्ग तथा गन्डेरवाला जिल्लामा बल्ताल सडक खण्डमा १४ किलोमिटर हुने गर्दछ ।यस यात्रामा हरेक वर्ष लाखौं श्रद्धालु सहभागी हुने गर्दछन् ।