६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाको कमाल : लथालिंग कांग्रेस, भताभुंग भ्रातृसंस्था



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा प्रभावकारी भूमिका खेल्न नसकेको सार्वजनिक आलोचना चलिरहेको छ । एकातिर संघीय संरचनाअनुसार समितिहरू बनाउन नसकेर कांग्रेस लथालिंग छ, अर्कोतिर उसका भ्रातृ र शुभेच्छुक संस्थाहरू पनि भताभुंग अवस्थामा छन् ।

नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था हो । कलेज र विश्वविद्यालयसम्मका विद्यार्थीहरू संगठित हुँदै पार्टी राजनीतिमा आउने यो संगठनलाई पार्टीको नर्सरी मानिन्छ । गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थका कारण नेविसंघमा सबैभन्दा बढी भद्रगोल छ । निर्वाचित अध्यक्ष महरले नियमित दुई वर्ष र थप गरिएको ६ महिनामा पनि महाधिवेशन गर्न नसकेपछि समय सकिएपछि राजीनामा गत माघको अन्तिममा राजीनामा दिएका थिए ।

महाधिवेशन भएपछि तरुण दलको अब ६ महिना मात्र कार्यकाल बाँकी छ । साढे दुई वर्षदेखि दलमा अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ मात्र छन् । कार्यकाल सकिन लाग्दासमेत ९५ सदस्यीय समिति बन्न सकेको छैन । दलका महासचिव पार्टी नेतृत्वकै कारण दलको यस्तो हालत भएको बताउँछन् ।

भानु सिग्देल सभापति भएर दुईपटक उनी नै किसान संघको नेतृत्वमा दोहोरिए । उनको कार्यकाल सकिएको १४ वर्ष बढी भइसक्यो, तर महाधिवेशन भएको छैन ।

१२ वर्षअघि वीरगन्ज महाधिवेशन भएपछि हुन सकेको छैन । कमल चित्रकार र चितकुमार श्रेष्ठपछि टंकप्रसाद शर्मा कडेल संघमा सभापति छन् । ७० जिल्लामा संगठन भएको संघको ०६९ साल फागुनमा नवलपरासीको गैँडाकोटमा महाधिवेशन गर्ने अन्तिम तयारी थियो । नेतृत्वले चार दिनअगाडि रोकिदिएपछि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन ।

०६४ सालमा पार्टी एकीकरण भएदेखि नै इन्द्रबहादुर गुरुङ सभापति छन् । नयाँ संरचनाअनुसार विधान बनाएर ७४ साल फागुनमा पार्टीमा पेस गरे पनि पार्टीले कुनै निर्णय नदिएर आफूहरूलाई बन्दी बनाएको गुरुङ गुनासो गर्छन् । ६० भन्दा बढी जिल्लामा सञ्जाल रहेको संघमा पुरानो विधानअनुसार ५५ जिल्लाको अधिवेशन भइसकेको थियो । अब संघीय संरचनाअनुसार विधान बनाएर महाधिवेशनमा जानुपर्ने गुरुङ बताउँछन् । ‘पार्टी एकीकरण भएदेखि म सभापति छु । ६० र ४० प्रतिशतको भागबन्डाले काम गर्न पाइएन,’ उनी भन्छन् ।

०६९ सालमा चौथो महाधिवेशनबाट मीन विश्वकर्मा अध्यक्ष भएको सात वर्ष बितिसकेको छ । नियमित तीन वर्ष र एक वर्ष थप पाउने गरी चारवर्षे कार्यकाल सकिएर पनि थप तीन वर्षको समय सकिएको छ । तर, पनि दलित संघको महाधिवेशन हुन सकेको छैन । यही असारे २५ देखि २७ सम्म महाधिवेशनको मिति तोकिए पनि हुने अवस्था छैन । संघका अध्यक्ष मीन विश्वकर्मा दुईपटक महाधिवेशन तोकिए पनि हुन नसकेको बताउँछन् ।

०६६ वैशाखमा केन्द्रीय समितिको निर्णयअनुसार गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अहिलेसम्म महाधिवेशन हुन सकेको छैन । समितिमा भोजराज श्रेष्ठको अध्यक्षतामा पाँच पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति छ । मनोनीत गर्न बाँकी दुई सदस्य अझै पूर्ण भएको छैन । संघका महासचिव ओमप्रकाश बन्जाडेले पार्टीले बजेट नदिँदा महाधिवेशन अन्योल भएको बताए । ‘हामीले पार्टीसँग ४० लाख बजेट मागेका थियौँ । २० लाख जति पनि दिन नसक्नेजस्तो कुरा पार्टीबाट आयो,’ बन्जाडेले भने ।

कवेलबहादुर तामाङ अध्यक्ष रहेको संघको पनि महाधिवेशन हुन सकेको छैन । उनको चारवर्षे कार्यकाल सकिइसकेको छ । तर, महाधिवेशनको सुरसार अझै भएको छैन । नयाँ विधानसँगै महाधिवेशनमा जाने गरी पार्टीसँग छलफल भइरहेको तामाङ बताउँछन् । ३५ सदस्यीय केन्द्रीय समिति रहेको संघमा उपाध्यक्ष, कोषाध्यक्षसहितका पदाधिकारी रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।