७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरको विगविगी, एकै रातमा पाँच घरमा चोरी



अ+ अ-

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।

मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताउनुभयो । यसैगरी कैलु चौधरीको घरबाट नगद रु पाँच हजारका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताउनुभयो । जङ्गल राम, झमेली सदाको एक/एक थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद रु पाँच हजार लगेको स्थानीयवासीले जनाएका छन् ।

चौपायाको व्यापार गर्न भनेर ऋण लिएको पैसा चोरी हुँदा किस्ता तिर्न कठिनाइ हुने परमेश्वर रामले दुखेसो पोख्नुभयो । केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् । चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताउनुभयो ।