७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु



अ+ अ-
फाइल फाटो

काठमाडौं । स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। बुढानिलकण्ठको पासिकोटमा मंगलबार बिहान १० बजे नवज्ञानभूमि स्कुलको बसले तीन वर्षीया सुदिप्ती परियारलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।

उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएकी सुदिप्तीको उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

अहिले स्थानीयबासीले स्कुल अगाडि प्रदर्शन गरिरहेका छन्। बस प्रहरीको नियन्त्रणमा छ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।