१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कामबाट जनता असन्तुष्ट : नेपाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको बताएका छन् ।

पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभामा मंगलबार बोल्दै नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति र अवकासजस्ता क्रियाकलापले जनतामा असन्तुष्टी बढेको बताए । पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढेको उनले बताए । व्यवहारमा लागु गर्न नसक्ने सिद्धान्त सहि सिद्धान्त नभएको उल्लेख गर्दै उनले परिर्वतनको आवश्यकता औल्याए ।

नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने उनले बताए । नेता नेपालले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ ।’