१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्पको टोकाईबाट एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

बझाङ । केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा सुतीरहेका मष्टा गाउँपालिका १ डुग्रीका पवन रोकायाको सर्पले टोकेर मृत्यु भएको छ ।

सोमबार राति रोकायाको कानमा सर्पले टोकेको थियो । उनलाई रातिनै उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो ।उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता हिमाली जिल्ला हुम्ला, सिमकोट गाउँपालिका–३तुम्पोतकी ५४ वर्षीया रिक्जीन लामालाई सर्पले टोकेको छ ।

दिउँसो खेतमा काम गरिरहेका बेला खुट्टामा सर्पले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको वडाअध्यक्ष ताक्ला जिक्मेत लामाले बताए ।

तर जिल्ला अस्पतालमा सर्पले टोकेको उपचार गर्ने एएसभिएस औषधि नभएको कारण नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको जिल्ला अस्पतालका डाम्टर दुर्गा सुर्खालीले बताए ।