११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

अर्थमन्त्रीको चेतावनी : पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्नेछ

अर्थमन्त्रीको चेतावनी : पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्नेछ
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट परे ।

अर्थमन्त्री खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफूलाई पनि विश्वास गर्न गाह्रो परेको बताएका छन् ।आफूले २५ वर्षभन्दा लामो समय केन्द्रीय बैंकमा काम गरेको अनुभव सुनाउँदै खतिवडाले भने, ‘मैले यही क्षेत्रमा लामो समय काम गरिसकेँ, तर अझै म प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण विश्वस्त हुन सकेको छैन भने अरुको हालत के होला ?’

विश्वमा प्रविधिको प्रयोग बढ्दै गएको र प्रविधिको प्रयोगसँगै चुनौतीहरु पनि थपिदै गएको उनले बताए । अर्थमन्त्री खडिवडाले प्रविधिको नियमन अझै कडा हुनु पर्ने बताए ।

यता उनले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए ।

५० लाखभन्दा बढि युवाहरु वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तीय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

मंगलबारबाट शुरु भएको सम्मेलन बुधबारसम्म चल्नेछ । दी अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएर्फइ)सँगको सहकार्यका धितोपत्र बोर्डले ‘ओईसीडी–सेवन कन्फेरेन्स एण्ड राउण्ड टेबल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन इन एशिया प्यासिफिक’ विषयक सम्मेलन आयोजना गरेको हो ।सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।