७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियाली प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान



अ+ अ-

नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्यसैगरी जेनेभामा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको एक सत्रमा पनि प्रधानमन्त्री हुन सेन सहभागी हुनुहुने कार्यक्रम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कम्बोडियाली प्रधानमन्त्रीको कार्यालयका एकजना मन्त्री थामरोङले दिएको जानकारीअनुसार उहाँले विश्व व्यापार संगठनको विशेष सत्रमा सम्बोधन गर्नुहुनेछ । मन्त्री थामरोङले त्यस अवसरमा कम्बोडियाको आर्थिक अवस्था, यहाँको आर्थिक विकासका लागि कम्बोडियाले गरेका प्रयास र संघर्षका बारेमा पनि चर्चा गर्नुहुने जानकारी दिनुभयो ।

सोही सम्बोधनका क्रममा प्रधानमन्त्री हुन सेनले कम्बोडियाको व्यापार रणनीति २०१९ सार्वजनिक गर्नुहुने जानकारी पनि मन्त्री थामरोङले दिनुभयो । त्यसैगरी उहाँले बिहीबार बस्ने राष्ट्रसंघीय मानवअधिकार परिषदको ४१ औँ नियमित सत्रलाई पनि सम्बोधन गर्नुहुनेछ ।

उहाँले सो सम्बोधनका क्रममा प्रजातन्त्र र मानवअधिकारप्रति कम्बोडियाको दरिलो प्रतिबद्धता पनि व्यक्त गर्नुहुने मन्त्री थामरोङजे बताउनुभयो ।