७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर घटनाकाे दोषीलाई कारबाहीकाे माग



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य तारा देवी भट्टले कञ्चनपुरको पुर्नवास १० डोके बजारमा भएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेकी छिन् । आक्रमणबाट घाइते भएकाहरुको स्वास्थ्यउपचार र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांंग्रेसकी राष्ट्रियसभा सदस्य भट्टले संविधानले शान्ति पुर्ण विरोध प्रदर्शन गर्न पाउने संविधानसम्मत अधिकार प्रयोग गर्दा सत्तारुढ दलका कार्यकर्ताबाट सांघातिक हमला गर्ने काम भएको बताइन् ।

गृहजिल्ला तथा आफ्नो चुनावी क्षेत्र कञ्चनपुरको पुनर्वास पुगेकी खानेपानी मन्त्री विना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । झडपमा गोपीप्रसाद उपाध्याय र विक्रम चन्द घाइते भएका थिए । उनिहरुको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पताल उपचार भइरहेको छ ।

उनले खुला सिमाना भएको कंचनपुरको दक्षिणी भेगमा सम्झौता बमोजिम बनाउने भनिएको हुलाकी राजमार्गमा भारतीय पक्षबाट अवरोधको दीर्घकालिक समाधान खोज्न र कलुवापुर बेरौली सडक खण्ड निर्माण परियोजनाको ठेक्का रद्द भएको, हावाहुरी पीडीतलाई राहत उपलब्ध नगराएको, बेलौरी भन्सार नाका स्तरोन्नत्ती हुनुको सट्टा कटौति गरिएको, उखु किसानलाई उपलब्ध गराउने भनिएको अनुदान नदिएको भन्दै सर्वसाधरणहरु शान्तिपुर्ण प्रदर्शनमा उत्रिएको दाबी गरिन् । उनले प्रहरी प्रशासनको आडमा सत्तामा रहेको दलले गुण्डागर्दीको शैली अपनाएको बताइन् ।