११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

कञ्चनपुर घटनाकाे दोषीलाई कारबाहीकाे माग

कञ्चनपुर घटनाकाे दोषीलाई कारबाहीकाे माग
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य तारा देवी भट्टले कञ्चनपुरको पुर्नवास १० डोके बजारमा भएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेकी छिन् । आक्रमणबाट घाइते भएकाहरुको स्वास्थ्यउपचार र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांंग्रेसकी राष्ट्रियसभा सदस्य भट्टले संविधानले शान्ति पुर्ण विरोध प्रदर्शन गर्न पाउने संविधानसम्मत अधिकार प्रयोग गर्दा सत्तारुढ दलका कार्यकर्ताबाट सांघातिक हमला गर्ने काम भएको बताइन् ।

गृहजिल्ला तथा आफ्नो चुनावी क्षेत्र कञ्चनपुरको पुनर्वास पुगेकी खानेपानी मन्त्री विना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । झडपमा गोपीप्रसाद उपाध्याय र विक्रम चन्द घाइते भएका थिए । उनिहरुको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पताल उपचार भइरहेको छ ।

उनले खुला सिमाना भएको कंचनपुरको दक्षिणी भेगमा सम्झौता बमोजिम बनाउने भनिएको हुलाकी राजमार्गमा भारतीय पक्षबाट अवरोधको दीर्घकालिक समाधान खोज्न र कलुवापुर बेरौली सडक खण्ड निर्माण परियोजनाको ठेक्का रद्द भएको, हावाहुरी पीडीतलाई राहत उपलब्ध नगराएको, बेलौरी भन्सार नाका स्तरोन्नत्ती हुनुको सट्टा कटौति गरिएको, उखु किसानलाई उपलब्ध गराउने भनिएको अनुदान नदिएको भन्दै सर्वसाधरणहरु शान्तिपुर्ण प्रदर्शनमा उत्रिएको दाबी गरिन् । उनले प्रहरी प्रशासनको आडमा सत्तामा रहेको दलले गुण्डागर्दीको शैली अपनाएको बताइन् ।