११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

सामान्य प्रशासन र कृषि मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश

सामान्य प्रशासन र कृषि मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेका छन ।

राष्ट्रियसभाको मंगलबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सामान्य प्रशासन मन्त्रालय अर्न्तगतको विविध शीर्षकको खर्च कटौति गरेर एक सय कायम गर्नुपर्ने प्रस्ताव गरे ।

पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विविध शीर्षकमा मात्रै १ अर्ब ६४ करोड ८४ बजेट विनियोजन गरेकोमा आपत्ति जनाए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता अनुकूल काम नगरेको, कर्मचारी समायोजनको कामको समेत उचित व्यवस्थापन गर्न नसकेको तर विविध शीर्षकमा पनि अत्याधिक बजेटको व्यवस्था गरेर मुलुकको अर्थतन्त्रमाथिकै बदनियत राखेको उल्लेख गर्दै आपत्ति जनाए ।

कांग्रेसकै सांसद मुक्ताकुमारी यादवले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषकलाई दिने अनुदानको रकम कम भएको उल्लेख गर्दै कटौति गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिन ।

यादवले ५ वर्षमा कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको सरकारले कृषि क्षेत्रको विकासका लागि ३ प्रतिशत पनि बजेट विनियोजन नगरेकोमा असन्तुष्टि जनाइन् । यादवले ५ वर्षमा दोब्बर कृषिमा उत्पादन गर्ने लक्ष्य लिएको सरकारले बजेटमा कृषि क्षेत्रको विकासका लागि ३ प्रतिशत पनि बजेट विनियोजन नगरेको तथा किसानहरुको अनुदानका लागि उचित बजेट दिन नसकेकाले आफूले सो मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेश गर्नु परेको स्पष्ट पारिन् । किसानका लागि आवश्यक सेवा, सुविधा दिनुपर्ने सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा सांसद यादवको आपत्ति छ ।