७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा बस र ट्रक ठोक्कियोः एक जनाको मृत्यु, १५ घाइते (नामसहित)



अ+ अ-

कपिलबस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत भैनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

घाइते हुनेमा कञ्चनपुर घर भएका ४२ बर्षीय गुण्डाराज भारती, भिमदत्त नगरपालिका ७ बस्ने ६६ बर्षीय भिमबहादुर कुँवर, २७ बर्षीय सह चालक चन्द्रबहादुर सुनार,३६ बर्षीय गणेशदत्त जोशी र ४० बर्षीय नरेन्द्र खत्री, गोदावरी नगरपालिका २ का ३५ बर्षीय गंगा सिंह रहेका छन् ।

त्यस्तै कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने ३० बर्षीय हेमराम तिमिल्सिना, स्याङ्जा गल्याङ नगरपालिका ४ बस्ने ४० बर्षीय खेमराज न्यौपाने,पाल्पा तानसेन नपा १ का ३५ बर्षीय माधव गौतम,डडेलधुरा अमरगडी नपा २ बस्ने २५ बर्षीय श्याम कठायत, दैलेख बिन्द्रासैनी नपा ८ बस्ने २४ बर्षीय पदम रिजाल, बर्दियाका ४० बर्षीय सुन्दरकली चौधरी, दाङ लमही नगरपालिका ६ का २० बर्षीय प्रकाश ढुङगाना र ट्रकको सह–चालक कञ्चनपुर गोदावरी नपा २ का २८ बर्षीय सुरेन्द्र बिक रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएका थिए ।