११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

नेयमारलाई बेच्न पीएसजी राजी, बार्सिलोना फर्कनेमा आशावादी

नेयमारलाई बेच्न पीएसजी राजी,  बार्सिलोना फर्कनेमा आशावादी
अ अ+ अ-

काठमाडौं । पेरिस सेनट जर्मेन (पीएसजी)मा रहेका स्टार स्ट्राइकर नेयमार नयाँ सिजनका लागि बार्सिलोना फर्कनेमा आशावादी देखिएका छन् । नेयमार गएको महिनादेखि नै बार्सिलोना र्फकने कसरतमा रहे पनि ठूलो आर्थिक कारोबारका कारण अवस्था कठीन बनेको छ ।

यस्तोमा बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले पनि नेमार ल्याउन सहज नरहेको धारणा सार्वजनिकरुपमा नै बताएका छन् । कार्डोनरका अनुसार नेयमार बार्सिलोना फर्किन चाहे पनि पिएसजीसँग कुनै कुरा भएको छैन।

‘नेयमार बार्सिलोना आउन चाहन्छन्, यो हो । तर बार्सिलोनाले उनलाई भित्र्याउन कुरा गरेका छैन’ उनले भनेका छन् ।लियोनल मेस्सी लगायत बार्सिलोनाका खेलाडीले नेयमारसँग पूनः सँगै खेल्न पाउने आश देखाएका छन्। तर उपाध्यक्ष कार्डोनरले नेयमारलाई भित्राउनेबारे अनौनपचाकि रुपमा पनि छलफल सुरु नभएको बताएका छन्।

सन् २०१७ मात्रै नेयमार पिएसजीसँग आवद्ध भएका थिए । नेयमार बार्सिलोना छाडेर पीएसजी गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘नेयमारले क्लब छाड्दाका धेरै कुरा छन्, जुन हामीलाई मन परेको छैन । धेरै कुरा सुल्झन बाँकी छ ।’

उनले नेयमार मात्र नभई थुप्रै स्टार खेलाडीहरु क्लबमा आउन चाहेको समेत दाबी गरेका छन् ।यदि नेयमार पुनः बार्सिलोना फर्किए वार्षिक तलबमा समेत कटौती हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

उपाध्यक्षले यस्तो बताइरहे पनि बार्सिलोना नेमारलाई ल्याउन सकिने आधारहरुको खोजिमा भने लागिरहेको छ । पीएसजीलाई कसरी मिलाउन सकिन्छ भन्नेमा बार्सिलोना बोर्डले हरेक दिन छलफल गरिरहेको छ ।

पीएसजी नै पनि नेयमारलाई बेच्न राजी नै देखिन्छ । तर पीएसजीका अध्यक्ष नासेर अल खेलाफी नेयमारलाई किनेको भन्दा कममा बेच्न तयार छैनन् । उनले नेयमारलाई अर्के सिजनमा भन्दा यो सिजन नै बेच्न उपयुक्तसमेत ठानेको बताएका छन् ।

मैदानमा पेनाल्टी र फ्रिकिककै लागि नेयमार र एमबाप्पेबीच प्रतिस्पर्धाको अवस्था आउने भएमा प्रशिक्षक थोमसलाई अझ कठीन हुँदै जाने छ । यसैले थोमसले भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’अध्यक्ष खेलाफीले पनि भनेका छन्, ‘हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

यसैले बार्सिलोना नेयमारलाई ल्याउन ठूलो रकम खर्चने सँगै अरु कुन उपाय हुनसक्छ भन्ने खोजिमा लागेको हो । यसमा नेयमार नै पनि पर्ख र हेरको स्थितिमा छन् । केही बोलिदिँदा अवस्था बिग्रन सक्ने उनले राम्ररी बुझेका छन् ।

बार्सिलोना आउन आफूले बनाउन सक्ने सकारात्मक वातावरण बनाउन नेयमार लागिरहेका छन् । बार्सिलोनाका साथीहरुसँगको कुराकानी पनि उनले आफू बार्सिलोना आउन लागिपरेको बताएका छन् ।

हाल नेयमारले पिएसजीबाट खेल्दा वार्षिक ३६.८ मिलियन युरो कमाउँछन् । तर यदि बार्सिलोना फर्किए भने उनको वार्षिक तलब घटेर २४ मिलियन युरो हुन सक्ने स्पोर्टसले जनाएको छ । गत हप्ता म्यान्चेष्टर युनाइटेडले पल पोग्बाको स्थानमा नेयमारलाई भित्र्याउने चाहना राखेको थियो । तर पिएसजीले उच्च रकम अफर गरेपछि युनाइटेड पछि हटेको थियो ।