७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एड गुरु निर्मलराज पौडेल सम्मानित



अ+ अ-

काठमाडौं । एड गुरु निर्मलराज पौडेललाई चलचित्र विकास वोर्डले सम्मानित गरेको छ ।

चलचित्र विकास बोर्डको १९ औं बार्षिक उत्सवको अबसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा संचार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र कार्यक्रमका अध्यक्ष केशव भट्टराईले पौडेललाई लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापन चलचित्र निर्माण क्षेत्रमा निरन्तर पुर्याएको योगदानको कदर र स्मरण गर्दै सम्मान प्रदान गरेका हुन् ।

पौडेल नेपाली विज्ञापन क्षेत्रमा विगत तीन दशकदेखि क्रियाशिल रहेका छन् । पौडेल नेपाल विज्ञापन सघंको पूुर्वअध्यक्ष तथा वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रालिका सञ्चालक पनि हुन् । तीन दशक लामो ब्यवसायिक यात्रामा पौडेलले ५ सय भन्दा बढी विज्ञापन र विज्ञापन चलचित्र निर्माण गरिसकेका छन् ।