७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै साढे ४ करोड यात्रु धान्ने चिनियाँ नयाँ विमानस्थल यस्तो देखियो (फोटोफिचर)



अ+ अ-

काठमाडौं। चीनको राजधानी बोइजिङमा नयाँ विमानस्थल बेइजिङ डक्सीङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ । चीनले यो विमानस्थल बनाउन झण्डै तीन वर्ष लगाएको छ ।

यो विमानस्थलले सन् २०२१ सम्ममा प्रतिवर्ष झण्डै ४ करोड ५० लाख यात्रु धान्ने छ भने सन् २०२५देखि यो विमानस्थलले झण्डै साढे सात करोड यात्रु ओहोर दोहोर गराउन सक्ने क्षमता राख्छ ।

प्रविधिका हिसाबले यो विमानस्थलभित्रैबाट यात्रुले रेल सेवा पाउने छन् । ठूलो टर्मिनल क्षेत्र भएकाले आन्तरिक गाडी र आन्तरिक रेल सेवाको पनि व्यवस्था गरिएको छ । विमानस्थलको सजावट पनि आकर्षक छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार जुन ३० मा नयाँ विमानस्थल निर्माण सम्पन्न भएको र सेप्टेम्बर ३० देखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा आउने बताएको छ ।