१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पताल स्याङ्जा एम्बुलेन्स विहीन



अ+ अ-

स्याङ्जा । जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् । एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर अन्यत्र लैजानुपर्ने हुन्छ । अरु सवारीसाधनमा यसका लागि गाह्रो हुन्छ । पुतलीबजार नगरपालिका–३ का रवीन्द्र श्रेष्ठ एम्बुलेन्स नहुँदा पटक पटक सास्ती भोग्नुपरेको बताउँछन् । जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा।अमृत पोख्रेलले बिरामीले ट्याक्सीको भर पर्नुपरेको बताए । ‘अहिलेसम्म कतैबाट सहयोग पाउन सकेका छैनौँ’, उनले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले विगतमा बिग्रिएको एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर सञ्चालन गरे पनि एक वर्षयता मर्मत गर्न नसकिएको बताए । ‘मर्मत गर्दागर्दै हैरान भएपछि एम्बुलेन्स थन्क्याएका हौँ’, उनले भने ।

दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

मङ्गलबार भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा ग १६ प ९१२४ को स्कुटर दुर्घटना हुँदा त्यसमा सवार क्षेत्री र चालक राजेश केसी घाइते भएका थिए । स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।