७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : सेमिफाइनलमा आयोजक ब्राजिलले अर्जेन्टिनाको सामना गर्दै



अ+ अ-

काठमाडौं । कोपा अमेरिका–२०१९ अन्र्तगत पहिलो सेमिफाइनल खेलमा भोलि आयोजक ब्राजिलले अर्जेन्टिनाको सामना गर्ने भएको छ ।

नेपाली सममअनुसार उक्त खेल बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । क्वार्टरफाइनलमा भेनेजुएला २–१ गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको अर्जेन्टिनाले ब्राजिललाई हराउन भने सहज छैन् ।

पीएसजीका स्टार खेलाडी तथा आफ्नो मुख्य खेलाडी नेयमार जे.आर बिनै मैदान उत्रिन लागेको ब्राजिल उच्च प्रर्दशनमा रहेको छ । ब्राजिल समूह चरणको खेलमा बोलिभियालाई ३–० , पेरुलाई ५–० गोलले हराउदा भेनेजुएलासँग बराबरीमा रोकिएको थियो । यता क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।

त्यस्तै अर्जेन्टिना कोलम्बियासँग २–० ले हार्दा पराग्वेसँग १–१ गोलको बराबरी खेलेको थियो भने कतारलाई पराजित गरेको थियो । यता क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले हराएको थियो ।

यसपटक ब्राजिलका गोलकिपर एलिसन फममा रहेका छन् । भने बार्सिलोनाबाट फममा नरहेका फिलिप काउटिन्हो पनि ब्राजिलको टिममा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । यता क्यासेमिरो र फर्नाडिन्होले जुनसुकै समयमा खेललाई परिर्वतन गर्न सक्छन् ।

१४ पटकको कोपा अमेरिका तथा दुईपल्टको विश्वकप विजेता अर्जेन्टिना फेरि एकपल्ट राम्रो प्रदर्शन गर्न संघर्षरत रहेको छ । आपसि तालमेल नमिल्दा अर्जेन्टिनाको खेलमा सुधार हुन सकेको छैन् । उसका लागि गोलकिप्पर अर्मानी उत्कृष्ट प्रर्दशनगरिरहेका छन् । यता मार्टीनले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । आश गरिएका स्टार खेलाडीहरु अग्वेरो र लियोनल मेस्सी खासै चल्न सकेका छैनन् ।