७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : १४ पटकको विजेता अर्जेन्टिनालाई हराउदै ब्राजिल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । आयोजक ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा आयोजक ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गब्रिएल जिसस र फर्नाडिन्होले समान एक एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै आक्रमक खेलेको खेलेको ब्राजिलले १९ औं मिनेटमा नै गोल गरेको थियो । ब्राजिलका लागि जिससले उत्कृष्ट गोल गर्दै १–० को अग्रता दिलाए । त्यपछि पनि ब्राजिलले उत्कृष्ट प्रर्दशन गर्दै गयो । ब्राजिलका कौटिन्हो, जिसस र फर्नाडिन्हो चुक्दा यता अर्जेन्टिनाका लियोनल मेस्सी र अग्वेरोले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफ १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा एक गोल गर्यो ।

कमजोर डिफेन्सको फाइदा उठाउदै खेलको ७१ औं मिनेटमा जिससले दिएको पासमा फर्नाडिन्होले अर्जेन्टिनाका गोलरक्षक अर्मानीलाई झुक्काउदै सहजै गोल गरे । त्यसपछि अर्जेन्टिनाले कुनै गोल फर्कान सकेन र ब्राजिलले २–० को जित दर्ता गर्यो ।

क्वार्टरफाइनलमा भेनेजुएला २–१ गोलले हराउदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको थियो ।
त्यस्तै अर्जेन्टिना कोलम्बियासँग २–० ले हार्दा पराग्वेसँग १–१ गोलको बराबरी खेलेको थियो भने कतारलाई पराजित गरेको थियो । यता क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले हराएको थियो ।

ब्राजिल समूह चरणको खेलमा बोलिभियालाई ३–० , पेरुलाई ५–० गोलले हराउदा भेनेजुएलासँग बराबरीमा रोकिएको थियो । यता क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।

अब ब्राजिलले फाइनलमा पेरु र चिलीबीचको बिजेतासँग खेल्ने छ।