१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : १४ पटकको विजेता अर्जेन्टिनालाई हराउदै ब्राजिल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । आयोजक ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा आयोजक ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गब्रिएल जिसस र फर्नाडिन्होले समान एक एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै आक्रमक खेलेको खेलेको ब्राजिलले १९ औं मिनेटमा नै गोल गरेको थियो । ब्राजिलका लागि जिससले उत्कृष्ट गोल गर्दै १–० को अग्रता दिलाए । त्यपछि पनि ब्राजिलले उत्कृष्ट प्रर्दशन गर्दै गयो । ब्राजिलका कौटिन्हो, जिसस र फर्नाडिन्हो चुक्दा यता अर्जेन्टिनाका लियोनल मेस्सी र अग्वेरोले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफ १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा एक गोल गर्यो ।

कमजोर डिफेन्सको फाइदा उठाउदै खेलको ७१ औं मिनेटमा जिससले दिएको पासमा फर्नाडिन्होले अर्जेन्टिनाका गोलरक्षक अर्मानीलाई झुक्काउदै सहजै गोल गरे । त्यसपछि अर्जेन्टिनाले कुनै गोल फर्कान सकेन र ब्राजिलले २–० को जित दर्ता गर्यो ।

क्वार्टरफाइनलमा भेनेजुएला २–१ गोलले हराउदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको थियो ।
त्यस्तै अर्जेन्टिना कोलम्बियासँग २–० ले हार्दा पराग्वेसँग १–१ गोलको बराबरी खेलेको थियो भने कतारलाई पराजित गरेको थियो । यता क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले हराएको थियो ।

ब्राजिल समूह चरणको खेलमा बोलिभियालाई ३–० , पेरुलाई ५–० गोलले हराउदा भेनेजुएलासँग बराबरीमा रोकिएको थियो । यता क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।

अब ब्राजिलले फाइनलमा पेरु र चिलीबीचको बिजेतासँग खेल्ने छ।