१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु, दुई घाइते



अ+ अ-
फाइल फोटो

रुपन्देही । रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको शाहले बताए ।

पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नंको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठक्क्र खाँदा दुर्घटना भएको हो ।