७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु, दुई घाइते



अ+ अ-
फाइल फोटो

रुपन्देही । रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको शाहले बताए ।

पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नंको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठक्क्र खाँदा दुर्घटना भएको हो ।