७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ



अ+ अ-
सांकेतिक तस्विर

सिरहा । नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।

बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।