७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ । 

सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

ट्वीट गर्दै राष्ट्रपतिले “सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु”, भन्नुभएको छ ।