१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

ए डिभिजन लिगः थ्री स्टारलाई रोक्दै एपिएफले खाता खोल्यो

ए डिभिजन लिगः थ्री स्टारलाई रोक्दै एपिएफले खाता खोल्यो
अ अ+ अ-

काठमाडौं । उपाधि दाबेदार थ्री स्टार क्लबलाई गोल रहित बराबरीमा रोक्दै एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा खाता खोलेको छ । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा एपिएएफले बलियो थ्री स्टारलाई रोक्दै जारी लिगमा एक अंक जोड्न सफल भएको हो । यस अघिका खेलमा नतिजा सुम्पिएको एपिएफले आज सुधारिएको खेल देखाउन सफल भएको हो । खेल अवधिभर थ्री स्टारविरुद्ध एएिफले तीन अंक जोड्ने लक्ष्यका साथ खेलेको थियो । तर, पटक पटकको आक्रमणलाई थ्री स्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए ।

बराबरी सँगै उपाधि दाबेदार थ्री स्टारलाई उपाधि होडमा धक्का लागेको छ । चार खेल मध्ये २ मा बराबरी, एक हार र एक खेलमा नतिजा निकालेको थ्री स्टारले ५ अंक जोडेको छ । तालिकाको पुछारमा रहेको टोली एपिएफसँग आइतबार प्रतिस्पर्धा गर्दा थ्री स्टारले दबाब खेप्नु परेको थियो । उता खाता नै खेल्न नसकेकाकले दबाबमा परेको एपिएपले सुरुआतबाट नै आक्रामक खेल देखाएको थियो । सोही क्रममा १२ औं मिनेटमा एपिएफका प्रदिप लामाले पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको कडा बल थ्री स्टारका गोलकिपर प्रिसोले सहजै बचाउँदा एक मिनेटपछि कप्तान नविन लामाको प्रहारलाई प्रिसोले नै विफल पारेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा कप्तान बिक्रम लामाको फ्रि–किकमा डिफेन्डर अनन्त तामाङ चुके । दोस्रो हाफको अन्त्य तिर एपिएफले अर्को सुन्दर अवसर गुमायो । प्रदिप लामाको क्रसमा सिक्स यार्ड बक्स भित्र रहेका आशिषको हेडर पोस्टको नजिकैबाट बाहिरिन पुगेको थियो । 

८९ औं मिनेटमा पेनाल्टी एरियाको बाहिरबाट एपिएफका आशिषको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले मुस्किलले बचाउँदा थ्री स्टारले भने एपिएफविरुद्ध राम्रो मुभ बनाउन सकेन । केही राम्रा अवसर भए पनि थ्री स्टारका स्ट्राइकर सदुपयोग गर्न चुकेका थिए ।

बराबरीले एपिएफलाई जारी लिगमा पहिलो अंक हात लाग्दा रेलिगेशन क्षेत्रमा एक स्थान सुधार गरेको छ । १ अंक मात्र जोडेको थ्री स्टार पाँचौ स्थानमा छ । चौंथो चरणका खेल चलिरहँदा मनाङ मस्र्याङ्दी १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र फुटबल क्लब समान १० अंकका साथ दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी फुटबल क्लब ८ अंकका साथ तेस्रो स्थानमा छ ।

लिगमा भोली दुई खेल हुनेछन् । दिनको पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेल जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच हुनेछ । दुबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन् ।