२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको विषादी परीक्षण : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती



अ+ अ-

विराटनगर । तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् ।

भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन। नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका यस्ता सास्तीबारे भने सरकारले चासो दिएको छैन।

नमुना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ। त्यस अवधिका धेरै कृषिजन्य बस्तुको गुणस्तर घट्ने र गुम्सिएर कुहिने गरेको नेपाली व्यापारी बताउँछन्। भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको छ।

पूर्वी नाका झापाको काँकडभिट्टा र मोरङको विराटनगरबाट भारत निकासी गर्ने कृषिजन्य बस्तुको नमुना कोलकाता लैजाँदा व्यापारीको ठूलो खर्चसमेत हुने गरेको छ। ‘हामीले लगेका कृषिजन्य बस्तुको भारतीय सीमामा परीक्षण हुँदैन, कोलकाताको प्रयोगशालामा लगेर परीक्षणपछि रिपोर्ट ल्याउनुपर्छ। त्यति काम सकिन १५ दिनसम्म लाग्ने गरेको छ,’ विराटनगरका व्यापारी अनिस श्रेष्ठले भने।

टाढा रहेको कोलकाताबाट लामो समयपछि रिपोर्ट आउँदा धेरैजसो कृषिजन्य वस्तु राखेकै ठाउँमा सड्ने गरेको उनको अनुभूति छ। ‘३र४ दिनमा रिपोर्ट आए केहि फरक पर्दैन। १५ दिनसम्म सीमानामा पर्खेका छौ,’ उनले भने, ‘भारतले नेपाली बस्तुको विषादी मापनमा कडाई गरेको लामो समय भयो। तर, भन्सारमा प्रयोगशाला नराखी चलाइरहेको छ।’

नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवा, दाल, कोपीलगायत छन्। सबै वस्तुको भारतले पुर्णरुपमा विषादी परीक्षण गरेर मात्र भित्र्याउने गरेको छ। नेपालबाट जाने कृषिजन्य बस्तु उतै बढि उत्पादन हुने समयमा भारतले विषादी मापनको नाममा महिना दिनसम्म नाकामा रोकिदिएको अनुभवन नेपाली व्यवसायीसँग रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।