७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा विषालु सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु



अ+ अ-

भद्रपुर । झापामा विषालु सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका ६ स्थित मदरगाछ बजारका बैद्यनाथ गोसाईकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घरको कोठामा सुतिरहेकी बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको थियो।
राति २ बजे छोरीलाई सर्पले टोकेको थाहा पाएपछि बालिकाका बुवाले तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए।बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए।