१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते



अ+ अ-

सिन्धुली । सिन्धुलीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् ।

सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा ढिस्कोले पुरिएर आमपानी टोल बस्ने २४ वर्षीया शर्मीला रम्तेलको मृत्यु भएको हो । घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीया विमला रम्तेल, ५० वर्षीया सुकमाया रम्तेल र १८ वर्षीय बलराम रम्तेल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जाकारी दिए ।

घाइतेमध्ये विमला रम्तेलको अवस्था गम्भीर रहेको प्रवक्ता थापाले जानकारी दिए । अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।