१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकतालाई थप बलियो बनाउनुपर्छ: उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने पनि स्पष्ट पारे ।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याए । उपप्रधानमन्त्री पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अतिधेरै रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गरे ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारु लगायतका समूदायको पु¥याएको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई समेत सुझाव दिए ।