काठमाडौं । बिस्फोटक सामग्री सहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ कारागार चलान भएका छन्।
यो पनि
जिल्ला अदालत बाँकेमा मंगलबार भएको बहसपछि अदालतले नेता रणवीरलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि उनी जिल्ला कारागार शाखा बाँके चलान भएका हुन्।उनीसँगै गिरफ्तार भएका अर्का नेता सत्यबहादुर शाही भने रिहा भएका छ्न्।
बाके जिल्लाको कोहलपुर बसपार्कबाट बैशाख २५ गते बिस्फोटक सामग्री र केही दस्तावेज सहित बमलाई नेपालगञ्जबाट पक्राउ गरिएको थियो । गिरफ्तारीमा परेका उनीहरुविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको थियो।