१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र न्युजिल्यान्डबीचको बाँकी खेल सुरु



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्ड र भारतबीचको रोकिएको खेल सुरु भएको छ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहंदा पानी परेपछि खेल रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६।१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा भएको खेलमा वर्षा नरोकिएपछि खेल बुधबारसम्मका लागि स्थगित गरिएको थियो।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

न्युजिल्यान्डका लागि क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । न्युजिल्यान्डले आज ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रनदेखि नै ब्याटिङ थाल्नेछ ।

दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् । आजको विजेताले फाइनलमा उपाधिका लागि अर्को सेमिफाइनल विजेता अष्ट्रेलिया वा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।