७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुको अवरोधकै बीच संसद बैठक सञ्चालन



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । दुवै दलका सांसदहरुले उभिएर विरोध जनाईरहेका बेला सभामुखले बोल्नका लागि समय नदिइकनै बैठकको कार्यसूचि अगाडि बढाएका हुन् । उनले ‘माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो’ भन्दै बोल्न समय दिएनन् । उनले बस्न आग्रह गर्दै आफूले नयाँ कुरा सुनाउने बताइरहे ।

कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि संसदीय व्यवस्था कायम गर्न माग गर्दे नारावाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए । त्यसपछि अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।